Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

जुवा खेल्दै गरेका ६ जना पक्राउ

जुवा खेल्दै गरेका ६ जना पक्राउ

  • काठमाडौँ । जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पोखरा महागनरपालिका-२२ खाल्सेस्थित चिसाखोला बस्ने ५२ वर्षीय भेष बहादुर गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेष बहादुर गुरुङ समेत ६ जनालाई रहेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा  उनीहरुलाई पक्राउ गरेको हो । सो ठाउँबाट नगद ८० हजार ७ सय ९० रूपैयाँ, कौडा १६ थान, जुवा खेलाउन प्रयोग भएका अर्थिङ बक्स १ थान, अर्थिङ तार, स्टेपलाईजर १ थान, अन/अफ र प्लस/माईनस सिग्नल दिइएको थिच्दा रातो बत्ती बल्ने रिमोट २ थानसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    साथै गुरुङको घर तलासी गर्ने क्रममा प्रहरीले लुकाई राखेको हर्नेट १ थान, सोको गोली २४ राउण्ड र म्यागजिन १ थान  समेत बरामद भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij