
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा. उपेन्द्र महतोले राजीनामा दिएका छन् । उनले सञ्चालक समितिसमक्ष मंसिर ७ गते राजीनामा दिएका हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापकसमेत हुन् ।
बैंकले एक विज्ञप्तिमार्फत उनको राजीनामा समितिले स्वीकृत गरेको जनाएको छ । साथै बैंकले हालका सञ्चालक समिति सदस्य रोशन केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ । उनी पोखरा महानगरपालिका-७ का स्थायी बासिन्दा हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij