Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुर महानगरले किन्यो दुइटा दमकल

ललितपुर महानगरले किन्यो दुइटा दमकल

  • ललितपुर । ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि दुई वटा दमकल किनेको छ । महानगरपालिकाले बुधबार एक कार्यक्रम गर्दै इसुजी कम्पनीका दुइटा अत्याधुनिक प्रविधिको दमकल किनेको जानकारी गराएको हो ।

    images
    images
    images

    उक्त दमकल‍ महानगरले ५ पाँच करोड ६५ लाखमा किनेको हो । अहिले महानगरपालिकामा भएकाभन्दा राम्रा र अत्याधुनिक प्रविधिका दमकल ल्याएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जनाए । सो दमकलमा २ हजार ५ सय लिटर पानी ट्या‌ंकीको क्षमता रहेको छ भने तीन सय लिटर फोम ट्यांकी ।

    विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि यी दमकलले सहज हुने हाछेथुले बताए । त्यस्तै, पेट्रोल पम्प, केमिकल कलकारखानामा आगलागी हुँला समेत यो दमकल प्रयोग गर्न सकिने जनाइएको छ ।  दमकलको सहायताले २० तला माथिसम्मका आगलागी निभाउन क्षमता रहेको हाछेथुले जनाए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij