
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौँ । बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्यूडको परकम्प गएको छ । आज बिहान ११ः३७ बजे परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङ आसपासका जिल्लामा समेत परकम्पको धक्का महसूस गरिएको छ । बझाङ केन्द्रबिन्दु भएर असोज १६ गते ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसयता धेरै पटक परकम्प गएको केन्द्रले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij