Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

‘ए मेरो हजुर ३’ यूट्युबको ट्रेन्डिङ १ मा

‘ए मेरो हजुर ३’ यूट्युबको ट्रेन्डिङ १ मा

  • काठमाडौं । हलमा रिलिजको डेढ वर्षपछि यो ‘ए मेरो हजुर ३’ फिल्म यूट्युबमा आएको छ । । १२ घण्टा नबित्दै यो फिल्मले यूट्युुबको ट्रेन्डिङमा आएको हो ।

    घरेलु बक्सअफिसमा ९ करोड ग्रस कलेक्सन गरेको फिल्मले समीक्षकबाट खासै तारिफ पाउन सकेको थिएन । दर्शकहरुले भने फिल्म निकै रुचाएका थिए । यही फिल्मबाट सुहानाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । समीक्षक र दर्शकले उनको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए । यूट्युबमा पहिलो पटक फिल्म हेर्ने दर्शकले पनि उनको अभिनय रुचाएका छन् ।

    नजिकिँदै गरेको तिहारको छेको पारेर बुढासुब्बा डिजिटलबाट सार्वजनिक भएको फिल्मले एक सेलिब्रेटी र फ्यानबीचको प्रेमकथा वाचन गरेको छ । झरना थापा निर्देशित फिल्ममा अनमोलसँग सुहाना थापाको जोडी बाँधिएको छ । फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने उनको फ्यानको भूमिकामा सुहाना छिन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij