
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । सिरहाबाट आधुनिक हतियार र नगदसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गगा नगरपालिका-८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गगा- ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका-४ का ३५ वर्षीय कासंजयप्रसाद चौधरी रहेका छन् ।
सोमबार साँझ सिराहाको लहान नगरपालिका-१ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार उनीहरुलाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ९ एमएमको एउटा पेस्तोल, एउटा म्याग्जिन, २ थान गोली, नगद एक लाख ८४ हजार २५३ रुपैयाँ, चार थान मोबाइल सेट र विभिन्न कम्पनीको ४ लाख ६४ हजार ५ सय मूल्य बराबरको रिचार्ज कार्ड बरामद गरेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij