
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढÞा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् ।
उनलाई जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट आइतबार दिउँसो नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले बसलाई रोकेर चेकजाँच गर्दा पजियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij