Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

तीनवटा औषधि बिक्री वितरणमा रोक

तीनवटा औषधि बिक्री वितरणमा रोक

  • काठमाडौं । तीनवटा औषधिका विभिन्न व्याचलाई औषधि व्यवस्था विभागले बिक्री वितरणमा रोक लगाएको छ । धनुषाको लोमस प्यारेन्टल एण्ड फर्मुलेसनबाट उत्पादित ब्याच नम्बर डब्लुवाइ २४५ को एनएस ५००एमएल र आरएल ५०० एमएल (स्लाइन वाटर)मा समस्या देखिएको हो ।

    त्यस्तै, भारतको एग्लोम्ड लिमिटेडबाट उत्पादित ब्याच नम्बर एन१६२२०६ को पानोपाज औषधिमा पनि खराबी देखिएको हो । विभागले यी तीन औषधि राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरीय पाइएको जनाएको छ । 

    विभागले यी ब्याचका औषधि तत्काल बजारबाट फिर्ता गरी सोको विवरण पेस गर्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ । साथै बिक्रीमा रोक लगाइएका औषधि सिफारिस तथा प्रयोग नगर्न पनि विभागले सबैमा अनुरोध गरेको छ ।  

    notice.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij