Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

अवैध काठ बोकेको ट्याक्टरसहित चालक पक्राउ

अवैध काठ बोकेको ट्याक्टरसहित चालक पक्राउ

  • काठमाडौँ । रौतहट स्थित प्रहरी गस्ती टोलीले अवैध काठ बोकेको ट्याक्टरसहित चालक पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ३ गैंडाटारका वर्ष २५ को सतावन धामी रहेका छन् । 

    images
    images
    images

    स्थानीय वृन्दावन नगरपालिका ६ हर्षाहा चौक स्थित इलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलीले मंगलबार साँझ काठ लोड रहेको ना ७ त ४३६८ नम्बरको ट्रयाक्टरसहित धामीलाई नियन्त्रणमा लिएको हो ।

    डिएसपी ओम प्रकाश खनालले बरामद सालको १६ थान गोलिया काठसहित ट्याक्टर र चालक धामीलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रपुरमा बुझाइएको जानकारी दिए । 

    जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद ट्याक्टर सहितको काठको कुल २१ लाख नौ हजार तीन सय छत्तिस रुपैयाँ मूल्याङ्कन गरी बन कार्यालयमा बुझाइएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij