
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा आममाफी पाएका गुण्डा नाइको योगराज ढकाल रिगलविरुद्ध सर्वोच्चमा परेको रिटको टुंगो दशैंपछि मात्र लाग्ने भएको छ ।
बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले सुनुवाई गर्दै अर्को पेशी क़ार्तिक १४ लाई तोकेको हो ।
न्यायाधीश आनन्दमोहन भट्टराईले ४० प्रतिशत कैद भुक्तान गरेकाको कैद माफी मिनाहा दिन मिल्ने भनेर यसअघि अर्कै मुद्दामा फैसला गरेका कारण आफूले यो रिट हेर्न नमिल्नेइजलास समक्ष जानकारी गराएका थिए । २०७२ असार २८ गते नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।
सरकारले उक्त हत्या आरोपमा जिल्ला अदालत बाँकेबाट जन्म कैदको सजया पाएका रिगललाई असोज ३ गते संविधान दिवसको अवसरमा आममाफ दिएको थियो । श्रीमानका हत्यारालाई आममाफी दिएपछि चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij