
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । सशस्त्र प्रहरी बलले आफूअनुकूलको कार्यालयमा लामो समय काजमा बस्ने प्रवृत्तिलाई रोक्ने भएको छ । काजसम्बन्धी नयाँ मापदण्ड कार्यान्वयन गरी ६ महिनाभन्दा लामो समय काजमा बसेमा त्यस्ता प्रहरी कारबाहीमा पर्नेछन् ।
हाल काजमा कार्यरत कर्मचारीलाई नयाँ मापदण्डअनुसार २२ असोजदेखि लागू हुने गरी ६ महिना अवधि दिइने त्यसपछि तोकिएको दरबन्दीमा अनिवार्य हाजिर हुन सशस्त्र प्रहरी बलले परिपत्र गरेको छ ।
एकपटक काजको सुविधा लिइसकेका कर्मचारीले कम्तीमा दुई वर्षसम्म काजको अर्को सुविधा नपाउने मापदण्डमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij