Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

झापा एफसीको मार्की खेलाडीमा अञ्जन विष्ट आबद्ध

झापा एफसीको मार्की खेलाडीमा अञ्जन विष्ट आबद्ध

  • काठमाडौँ । नेपाल सुपर लिग टिम झापा एफसीको मार्की खेलाडीको रुपमा राष्ट्रिय टिमका मिडफिल्डर अञ्जन विष्ट आबद्ध भएका छन् । अघिल्लो संस्करणमा अञ्जन ललितपुर सिटीका मार्की खेलाडी थिए । राष्ट्रिय टिमका लागि बढी गोल गर्ने अञ्जन यस संस्करणका लागि झापामा आबद्ध भएका हुन् । राष्ट्रिय टिमका लागि उनले १२ गोल गरिसकेका छन् ।

    images
    images
    images

    आगामी मंसिर ८ देखि काठमाडौंको दशरथ रंशगालमा दोस्रो संस्करणको नेपाल सुपर लिग हुनेछ । यसपटकको लिगमा ९ टिमबीच प्रतिस्पर्धा हुँदैछ । त्यसअघि खेलाडी आबद्ध गर्न शनिबार अक्सन हुँदैछ । यसअघि नेपाल सुपर लिगका लागि बुटवलले एरिक विष्ट, चितवनले विशाल श्रेष्ठ, ललितपुरले अनन्त तामाङ र धनगढीले आशिष चौधरीलाई भित्र्याएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij