Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

चिताबाटै महिलाको शव नियन्त्रण

चिताबाटै महिलाको शव नियन्त्रण

  • काठमाडौं । सर्लाहीमा जलाउन लागिएको एक युवतीको शव प्रहरीले नियन्त्रण लिएको छ । २१ वर्षीया मनीषा साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले जलाउन लागेको शव शंकास्पद लागेपछि नियन्त्रणमा लिएर प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमा लागि पठाइएको छ । प्रहरीले मृतक मनीषाका श्रीमान् सुनिल साह, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई नियन्त्रणमा लिएको छ ।

    एसपी सुवेदीका अनुसार मृतकको गलामा निलडाम देखिएपछि शंका लागेर शव नियन्त्रणमा लिइएको हो । ‘मनीषाको बुधवार बेलुका मृत्यु भएको जानकारीमा आएको छ । प्रहरीलाई ढिलै सूचना आयो । हामीले जलाउन लाग्दै गर्दा हामीले बुधवारै नियन्त्रणमा लिएका हौं,’ एसपी सुवेदीले लोकान्तरसँग भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij