
Apr 24 2025 | २०८२, वैशाख ११ गते
विश्वकपलगत्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट अफगानिस्तानका तीव्र गतिका बलर नवीन उल हकले सन्न्यास लिने घोषणा गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट नवीनले २४ वर्षको उमेरमै सन्न्यास लिने घोषणा गरेका हुन् ।
उनले दुई वर्षभन्दा लामो समयदेखि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । पछिल्लोपटक सन् २०२१ को जनवरी २६ मा आयरल्याण्डविरुद्ध नवीनले अन्तिम एकदिवसीय खेल खेलेका थिए । एकदिवसीय विश्वकप ५ अक्टोबरदेखि १९ नोभेम्बरसम्म भारतमा आयोजना हुँदैछ ।
हालसम्म नवीनलेअफगानिस्तानका लागि सातवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । सात एकदिवसीय खेलमा उनले १४ विकेट लिएका छन् । टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनले नियमितरूपमा सहभागिता जनाउँदै आएका छन् । नवीनले विभिन्न टी–२० लिग पनि खेल्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij