
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे, बैठक बस्ने जनाइएको छ । बैठकले महासमिति बैठकको अजेण्डा तय गर्नेछ। साथै, कांग्रेसको आन्तरिक संचरना र जारी विवादका विषयमा समेत बैठकमा छलफल हुने नेताहरुले जानकारी दिएका छन्।
कांग्रेस महासमिति बैठक आगामी मंसिर १३, १४ र १५ गतेका लागि बोलाइएको छ । बैठकमा यसअघि भएका पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, संगठन सुदृढीकरण अभियानको समीक्षा समेत हुनेछ । संस्थापन इतर पक्षले कांग्रेस महासमिति बैठकअघि आफ्नो तर्फबाट उठाउनुपर्ने विषयमा रणनीति समेत बनाइरहेको छ । इतर पक्षले कार्यसम्पादन बैठकअघि छुट्टै छलफल समेत गरिसकेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij