
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष सुमितबाबु खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार उनलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंकका प्रतिनिधि सञ्जीव मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै बैंक तथा वित्तीय संस्थाको सञ्चालकमा बस्न नपाउने व्यवस्थाअनुरुप सो पद खाली थियो । २०८० भाद्र २१ गते बसेको संस्थाको सञ्चालक समितिको १४५औँ बैठकले सञ्चालक खत्रीलाई अध्यक्ष चयन गरेको थियो ।
त्यस्तै, नेपालभूषण श्रेष्ठलाई प्राइम कमर्सियल बैंकबाट प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको सदस्यमा मनोनयन गरेको छ । संस्थाले ६४ जिल्लामा १४९ शाखा कार्यालयहरूबाट १ लाख ६१ हजारभन्दा बढी ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij