
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । राहदानी विभागले आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र कार्यालयमा आउन सेवाग्राहीलाई आग्रह गरेको छ । भीडभाडरहित सेवा प्रवाह गर्नका विभागले सेवाग्राहीलाई तोकिएको समयमा मात्र आउन आग्रह गरेको हो ।
द्रुत सेवाअन्तर्गतको विद्युतीय राहदानी सेवालाई सहज र सेवाग्राहीमैत्री बनाउन राहदानी विभागले हरेक दिन बिहान १० बजेदेखि प्रत्येक आधा घण्टाको अन्तरमा १५० देखि २०० सम्म सेवाग्राहीलाई विद्युतीय राहदानी आवेदनका लागि अपोइन्टमेन्ट उपलब्ध गराउने व्यवस्था गरेको छ ।
तथापि, तोकिएको दिनको विभिन्न समयमा अपोइन्टमेन्ट पाएका अधिकांश सेवाग्राही एकैपटक बिहान सबेरै विभाग आएर लाइने लाग्ने गरेकाले बिहानको समयमा विभागमा सेवाग्राहीको बढी भीडभाड हुने गरेको विभागले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij