Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बार्सिलोनाको शानदार जित

बार्सिलोनाको शानदार जित

  • काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हात पारेको छ । शनिवार राति भएको खेलमा ग्रानडालाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले शानदार जित हात पारेको हो ।

    images
    images
    images

    ग्रानडाको मैदानमा कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले २-२ गोल गरेपछि बार्सिलोनाले सहज जित हात पार्‍यो । खेलको १२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

    ४२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३-० ले अघि रह्यो । त्यसपछि खेलको ६३ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

    यस्तै खेलको ७८ औं मिनेटमा जिसस भालेजोले रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको थियो । जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

    बार्सिलोनाले १८ खेलमा ३४ अंक जोडेको छ । ग्रानडा २४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij