
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध सुनाइएको जेल सजाय उच्च अदालतले खारेज गरिदिएको छ । खानलाई सुनाइएको तीन वर्षको जेल सजाय इस्लामावाद उच्च अदालतले मंगलबार खारेज गरेको हो ।
यसअघि ट्रायल कोर्टले खानविरुद्ध भ्रष्टाचार अभियोगमा सजाय सुनाएको थियो । उच्च अदालतका मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले ट्रायल कोर्टले सुनाएको आदेश खारेज हुने फैसला सुनाएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij