Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

पीएसएलको अक्सन आज, नेपालका १० खेलाडी ड्राफ्टमा

पीएसएलको अक्सन आज, नेपालका १० खेलाडी ड्राफ्टमा

  • काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको ड्राफ्ट आज आइतवार हुँदैछ । पाकिस्तानको लाहोरमा हुने ड्राफ्ट नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ ।

    images
    images
    images

    पिएसएलको नयाँ सिजनका लागि नेपालका १० खेलाडी ड्राफ्टमा परेका छन्। पिएसएलले सार्वजनिक गरेको ड्राफ्टमा सिल्भर तर्फको विदेशी कोटामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित उप कप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख छन्।

    images

    लेग स्पिनर सन्दीप लामिछाने सर्वाधिक उच्च मूल्यको प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा छन् । यस क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले १ लाख ४० हजार देखि २ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् ।

    अन्य ९ खेलाडी भने सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका छन् । यस क्याटेगोरीको मूल्य १५ हजार अमेरिकी डलरदेखि ३५ हजार अमेरिकी डलरसम्म रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij