
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । नेपाली बजारमा गीत ‘चोखो माया’ सार्वजनिक भएको छ । सिडी विजय अधिकारी र विन्दु परियारको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो ‘अनिल कटवाल अफिसियल’ युट्युब च्यानलबाट बुधबार सार्वजनिक भएको हो ।
जसमा निरा पीजीले शब्द सिर्जना गरेका छन् भने संगीत र मिक्सिङ राजकुमार बगरको रहेको छ । ‘त्रिवेणी डिजिटल’ स्टुडियोमा रेकर्ड भएको गीत कमल सौरागले एरेन्ज गरेका छन् ।
अनिल कटवाल र याङ्गी दोङ तामाङको अभिनय रहेको म्युजिक भिडियोमा सोम लामाको नृत्य निर्देशन रहेको छ । साथै उक्त म्युजिक भिडियो देवेन्द्र कार्कीले खिचेका हुन् भने धन बहादुर तामाङ (सागर)ले निर्देशन र वीर बहादुर थारुले सम्पादन गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij