
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । एक सातादेखि ६८ वर्षीय प्रा. डा. दलबहादुर अधिकारी परिवारसँग सम्पर्कविहीन छन् । बुढानीलकण्ठ- १ पञ्चकन्या घर भएका उनलाई बिर्सने रोग (अल्जाइमर्स) रहेको छ ।
गहुँगोरो वर्ण, जन्मजात ओठ फाटेका अधिकारी यही साउन ३२ गते बुढानीलकण्ठ मुहानपोखरी क्षेत्रबाट हराएका थिए । दलबहादुरले घरबाट निस्कँदा हल्का सेतो सर्ट, खरानी रङको सुरुवाल र कालो मोजा लगाएका थिए ।
प्राध्यापक अधिकारीले लामो समय त्रिचन्द्र क्याम्पस र काठमाडौं विश्विविद्यालयमा अध्यापन गराएका थिए । गणित विषयका विज्ञ उनका केही किताब पनि प्रकाशित छन् । रुसबाट उनले विद्यावारिधी गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij