Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी पुस्ता सडकमा उत्रिदै, राजनीतिक रंगबाट बच्न सक्ला ?

जेनजी पुस्ता सडकमा उत्रिदै, राजनीतिक रंगबाट बच्न सक्ला ?

  • काठमाडौँ । जेनजी पुस्ताले सोमबार गर्ने प्रदर्शन अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोगविरुद्ध जेनजी पुस्ताले आन्दोलनको घोषणा गरेका छन् । सोमबार सेप्टेम्बर ८ मा काठमाडौंको माइतीघर मण्डलामा हुने भनिएको यो विरोध प्रदर्शनप्रति सामाजिक सञ्जालमा समर्थन पाएको छ । फेसबुकसहित सामाजिक सञ्जाल प्रतिबन्ध रहेको अवस्थामा टिकटकमा सोमबारको आन्दोलन बारे अनेक किसिममा भिडियो अहिले भाइरल भएका छन् ।

    AGNI GROUP

    टिकटकमा देशमा भ्रष्टाचार बढेको, सामाजिक सञ्जाल बन्द गरेर लाखौंको आम्दानीको स्रोत बन्द गरिदिएको भन्दै सरकारप्रति आक्रोश पोखिएको छ र आन्दोलनमा सहभागी हुन आव्हान गरिएको छ । यस आन्दोलनका लागि सामाजिक सञ्जालमा 'कन्टेन्ट क्रियटर' को काम गरिरहेका कैयौंले समर्थन गरेका छन् । त्यसै गरि सामाजिक सञ्जालमा आम जनताले आफ्नो दैनिकी गुजारा गर्न संघर्ष गरिरहेको बेला नेताका छोराछोरीले विलासी जीवन बिताइरहेको भन्दै कैयौ भिडियो बनाएर भाइरल बनाइएको छ ।

    गत विहिबार सरकारको निर्देशनमा २६ सामाजिक सञ्जाल बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दलका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल लगायतका सचिवालयसहित लगभग सबै नेताहरुले लगातार फेसबुकमा पोष्ट गरिरहेपछि आम जनतामा बन्द आफूहरुका लागि मात्रै भएको भन्दै आक्रोश सिर्जना भएको छ । यसैबीच काठमाडौँ महानगरका मेयर बालेन शाहले कांग्रेस सभापति देउवाको एक पोष्टमा कमेन्ट गर्दै 'यो पोष्ट कुन भिपीएनबाट हो ?' भन्दै ट्रोल गरिदिएका थिए ।

    अर्कोतर्फ यस प्रदर्शनलाई राजनीतिक रंग दिने प्रयास समेत शुरु भएकाले जेनजी पुस्ता आफ्नो प्रदर्शनप्रति सतर्क हुनुपर्ने पनि देखिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई यस आन्दोलनमा सरिक हुने बताईसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको ठुलो पंक्तिले पनि यस आन्दोलनलाई समर्थन गरेर राजनीतिक रंग दिने प्रयास गरेको देखिएको छ। नेपालमा स्वतन्त्र रुपमा कुनै अभियान र प्रदर्शन शुरु भएपनि ति अभियान र प्रदर्शनमा राजनतिक रंग मिसिएपछि यत्तिकै सेलाएको पाइन्छ ।

    यस पटक जेनजी पुस्ताको नाममा प्रदर्शन त शुरु हुन लागेको छ तर यो पुस्ताको यो अभियान राजनीतिकको रंगमा मिसिएर धारासायी हुन्छ की आफैले नेतृत्व गरेर गन्तव्यमा पुर्याउछ त्यो भने हेर्न बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट