Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुर महानगरको चक्रपथ बाहिर स्मार्ट स्ट्रिट लाइट जडान

ललितपुर महानगरको चक्रपथ बाहिर स्मार्ट स्ट्रिट लाइट जडान

  • ललितपुर । ललितपुर महानगरपालिकाले चक्रपथ बाहिर पनि स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । महानगरको सुनाकोठी, धापाखेल, भैंसीपाटी, सुनाकोठी, बुङमती, खोकना क्षेत्रमा स्मार्ट लाइट जडान गर्ने काम सम्पन्न गरेको हो ।

    images
    images
    images

    यस्तै ललितपुर महानगरको वडा नम्बर २८ र २९ मा भने बत्ती जडानको काम सुरु भएको छ । महानगरले केही साताभित्र नै बत्ती बल्ने गरी जडान सुरु गरेको जनाएको छ । नगरप्रमुख चिरिबाबु महर्जनका अनुसार चक्रपथ बाहिरका वडाहरुमा १४ सय बत्ती जडान गरिएको छ ।  स्मार्ट स्ट्रिट लाइटलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिनेछ । 

    सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । त्यस्तै महानगरपालिकाले उक्त मिटरमा उठेको शुल्क भुक्तानी गर्नेछ । ललितपुर महानगरको ‘कोर एरिया’ मा दुइ वर्ष अगाडि नै स्मार्ट सडक बत्ती जडान भइसकेको छ । महानगरपालिकाभित्रका तीनवटा रुटमा जम्मा ६ सय ६९ वटा स्मार्ट स्ट्रिट लाइट जडान भएका हुन् ।

    महानगरका अनुसार बागमती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल (इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म, पुल्चोक, मंगलबजार हुँदै ग्वार्कोसम्म सडकबत्ती जडान भइसकेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij