
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठविरुद्धका उजुरीकर्तासँग छलफल सुरु गरेको छ । उजुरीकर्ता एसके तिमिल्सिनासँग समितिले छलफल सुरु गरेको हो ।
उनले आफूलाई अधिवक्ता, लेखक र अनुवादक भनेर चिनाएका छन् । आफू विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिसको विरुद्धमा नभएको तर सिफारिस गर्ने संवैधानिक परिषदको बैठक र निर्णय संविधानसम्मत नभएको उनले बताएका छन् ।
संसदीय सुनुवाइ प्रक्रियामा नै उनले प्रश्न उठाएका छन् । गैरसंवैधानिक सिफारिस अनुमोदन गर्न नहुने उनको भनाइ छ । न्याय व्यवस्था लागू गर्ने निकायको प्रमुख संविधानसम्मत नियुक्त हुनुपर्ने कि नपर्ने ? भन्दै उनले यो माग सम्बोधन नभइ सुनुवाइलाई जबरा शासन (राणाशासन) भन्नुपर्ने उनको जिकिर छ ।
छलफल सकिएपछि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग सुनुवाइ गर्ने समितिले जनाएको छ । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij