
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौंँ । नेपाली फिल्म ‘हिँड्दा हिँड्दै’ र ‘जुलेबी’ ले बक्स अफिसमा सुरुवाती ब्यवसाय राम्रो गर्न सकेन । शुक्रबार रिलिज भएका यी दुबै फिल्मको अकुपेन्सी १० प्रतिशत पनि रहन सकेन । बक्स अफिसको तथ्यांकअनुसार गणेशदेव पाण्डे निर्देशित फिल्म ‘जुलेबी’ ले शुक्रबार र शनिबार ९३ हजार कमाएको छ ।
फिल्ममा सुरक्षा पन्त, सुशील सिटौला, निशा अधिकारी, उषा रजक लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म यौनकर्मीको कथामा बनेको हो । त्यस्तै मिलन आले मगर निर्देशित फिल्म ‘हिँड्दा हिँड्दै’ ले बक्स अफिसमा कमाल देखाउन सकेन । फिल्मले शुक्रबार र शनिबार एक लाख पनि ब्यवसाय गरेको छैन ।
फिल्मको ब्यवसाय ७४ हजार देखिएको छ । आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान लगायतका कलाकारको अभिनय रहेको फिल्मले हलमा निकै कम शोज पाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij