
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । सर्लाहीमा दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सर्लाहीकै हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादवलाई सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति पक्राउ गरेको हो ।
राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै गरेको बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि उनीहरू पक्राउ पेका हुन् ।
प्रहरीले उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद गरेको छ । शनिबार राति नै दुवै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij