
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठमाथि परेका उजुरीबारे भोलि छलफल हुने भएको छ । संसदीय सुनुवाइ समितिले श्रेष्ठमाथि परेका तीन उजुरीमाथि छलफल हुने जनाएको छ ।
भोलि साढे १० बजे उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई समिति बैठकमा बोलाएको जनाइएको छ । श्रेष्ठलाई संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij