
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ आजबाट प्रदर्शन गरिएको छ । गणेशदेव पाण्डेले निर्देशन गरेको चलचित्र ‘जुलेबी’मा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् ।
सात पात्रको सम्बन्धको वरिपरि घुमेको कथामा जीवनको भोगाइबाट उत्पन्न परिस्थितिलाई चित्रण गरिएको लेखक तथा निर्देशक पाण्डेले बताए ।
त्यस्तै मिलन आले मगरले निर्देशन गर्नुभएको चलचित्र ‘हिँड्दा हिँड्दै’ मा सलोन बस्नेत, आकाश श्रेष्ठ, रेखा शाह, भोलाराज सापकोटालगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रका लेखक सुशील पङ्गेनीले मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण गरिएकोले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij