
Apr 01 2025 | २०८१, चैत १९ गते
ललितपुर उद्योग वाणिज्य संघको कुर्सीमा मनोज न्याछ्योंले नेतृत्व गरेका छन् । पाटन खाद्य भण्डारबाट ललितपुरका वर्चश्व जमाएका न्याछ्योंले सफलतापूर्वक महासचिवको जिम्मेवारी निर्वाह गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमै निर्वाचित भएकै भोलिपल्ट घरमा सगुन लिएर मुस्काईरहेका नवनिर्वाचित अध्यक्ष न्याछ्योंसँग अनलाइन पत्रिकाकी ललितपुर संयोजक गंगा दुःधराजले गरेको विशेष सम्वादको सम्पादित अंश ।
समग्र व्यवसायीहरूको सहयोगमा तपाईले जित्नुभयो, कस्तो महसुस भइरहेको छ?
मलाई अत्याधिक मतले विजयी गराउनुभएकोमा, म निकै खुशी छु । हर्षित छु । व्यवसायीहरूको आत्मिय सहयोग, उद्योगीहरूले अपार माया दिनुभयो । सम्पूर्ण व्यवसायीहरूलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।
अब संघलाई कसरी अगाडि बढाउनुहुन्छ?
मेरो जुन टिम छ, त्यो सबैभन्दा राम्रो टिम छ । समावेशी रूपमा टिम छानेको थियौंं । जुन प्रतिबद्धता मैले गरेको छु । म लगायत सबै मेरो टिम मिलेर र जुटेर एक ढिक्का भएर काम गर्नेर्छौ । समावेशी व्यवसायीहरू भएकोले गर्दा ललितपुरमा जतिपनि व्यवसायी छन् । ती सबैको हितमा रहीं काम गर्नेर्छौ ।
जीतपछि तपाईले तत्कालै गर्नुहुने तीनवटा प्राथमिकताको काम बताउनुहोस् ।
ऐन २०७५ को न्यायोचित संशोधन नहुँदा जुन पिडा भएको छ । त्यसलाई समाधान गर्नेछु । अर्को कोभिडको कारणले जतिपनि समस्याहरू भोगिरहेको छौं । यसलाई सहज ढंगले उकास्ने प्रयासमा रहनेछौं । कृषि क्षेत्रलाई अगाडी बढाउनुपर्छ, यसलाई विशेष ध्यान दिनेछौं । आफ्नो ठाउँमा उत्पादन भएको सामाग्रीलाई बजारीकरण गर्ने, हाम्रो दक्षिण ललितपुरमा कृषि उत्पादन बढि हुन्छ, त्यसलाई नयाँ प्रविधिले कृषि उत्पादन बढाउने तयारी गर्नेछौं । दक्षिण ललितपुरमा कृषि र कफिको प्रवल सम्भावना रहेकोे र वर्तमान समस्यालाई हेरी यसलाई प्रोत्साहित गर्नेर्छौ । मेडिन नेपाल भन्ने एक संस्था छ । त्यसलाई विश्व बजारमा चिनाउने ललितपुरमा उत्पादन भएका वस्तुहरू हस्तकला लगायत मात्र नभइ नेपाल, र विदेशमा पनि यहाँको उत्पादनलाई बजारीकरण दिने योजना छ । त्यस्तो कामलाई सम्बद्र्धन गर्दै आवश्यक पहलमा चल्ने छौंं ।
तपाईले महासचिवको भूमिका निभाईरहँदा कुनै विशेष प्राथमिकताका काम बाँकी थिए की?
पक्कैपनि थियो, निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनज्यूसँग काम गरिराख्दा केही काम बाँकी थियो । ललितपुर उद्योग वाणिज्य संघले व्यवसायीको हकहितमा रहि स्थानीय सरकार, प्रदेश र संघीय सरकारसँगै अन्य सरोकारवाला संघसंस्थाहरूसँग मिली उद्यम व्यवसाय विकासको काम गर्ने र छुटेको काम लगानीमैत्री वातावरण सृजना गर्नुपर्ने काम थियो । जुन कोभिडले हुन सकेन । अब त्यो काम गर्नेछु, भिमसेन मन्दिरको काम पूरा भएको छैन, त्यो काम पुरा गर्नेछु । तीनवर्षको मेला हुन्छ, त्यो मेला बर्षमा हुन्छ, त्योपनि गर्नेछु । हाम्रो ललितपुरको कति ठाउँहरूमा होमस्टे छन् । ती होमस्टेलाई पनि अझ अगाडि बढाउनेछु ।
संघसँग आवद्ध भइरहँदा के–के कुरा सुधार गर्नुपर्छ भन्ने मनमा आइरहेको छ ?
धेरै कुराहरू छन् तर, सर्वप्रथम पहिला आम व्यवसायीहरूमा करको विषयमा लिएर अनभिज्ञ छन् । ती व्यवसायीहरूलाई कर एंव उपभोक्ता ऐनलगायत अन्य आवश्यक ज्ञान उपलब्धिमुलक कार्यव्रmमहरू राख्ने व्यवसायीहरूले पाउँदै आएका दुःख समस्या समाधानतर्फ हरसमय सक्रिय हुँदै लाग्नेछु ।
जित्नलाई जुन प्रतिवद्धता पत्र जारी गर्नुभएको थियो, पुरा गर्नुहुन्छ?
म लगायत मेरो टिम सबै राम्रो छ । समावेशीरूपमा मैले मेरो टिम छनोट गरेको छु । जुन प्रतिवद्धता मैले गरेको छु । त्यो म पूरा गर्नेछु । मैले गर्न सक्ने कामको प्रतिवद्धता गरेको छु, ती सबै काम पूरा गर्नेछु ।
उद्योग व्यवसायी संंघ र ललितपुरको जति व्यवसायीहरू हुनुहुन्छ । उहाँहरूसँगको सम्बन्ध समन्वय कस्तो रहेको छ ?
हामीले १५/१६ वटा कमिटीहरू बन्दैछ, त्यसमा कृषि, वाणिज्य आपूर्ति राजस्व, महिला उद्यमी र अन्यपनि छन् । ती सबै आफ्नो टिमसँग मिली काम गर्नेछु ।
ललितपुरमा उत्पादन, प्रवद्र्धक र वितरण बीचको सम्बन्ध कस्तो छ?
ललितपुरको उत्पादनलाई अन्तर्राष्ट्रियरूपमा बजारीकरण गर्नेछु । व्यवसायीहरूको हितमा रहि सक्रिय रहनेछु ।
राज्य संघसंस्थालाई केही गरिदिए हुन्थ्यो जस्तो केही त्यस्तो कुरा छन् । अन्त्यमा के भन्न चाहनुहुन्छ?
व्यापारीहरूमा धेरै झमेला छ, एकद्धार प्रणाली सुरु भयो भनी काम गर्न सजिलो हुने थियो । व्यवसायीहरूको गुनासो संकलन गर्ने संघमा छुट्टै हेल्प डेस्कको व्यवस्था हुनुपर्छ । त्यो भयो भनी काम गर्ने सजिलो हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij