Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अष्ट्रेलियाविरुद्ध भारत अलआउट

अष्ट्रेलियाविरुद्ध भारत अलआउट

  • काठमाडौं । अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा भारत अलआउट भएको छ । सिड्नीमा शनिवार भारत पहिलो इनिङ्समा २ सय ४४ रन जोड्दा अलआउट भएको हो ।

    images
    images
    images

    दोस्रो दिन २ विकेट गुमाएर ९६ रन बनाएको भारतले तेस्रो दिन सम्हालिएर खेल्न सकेन । भारतका शुबमन गिल र चेतेश्वर पुजाराले समान ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

    यस्तै ऋषब पन्तले ३६ रन जोड्दा रविन्द्र जडेजा २८ रनमा अविजित रहे । रोहित शर्माले २६ र कप्तान अजिन्का रहाने २२ रन बनाए ।

    अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिए । जोश हाजलउडले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले अलआउट हुँदै ३ सय ३८ रन बनाएको थियो ।

    घरेलु टोलीका लागि स्टेभन स्मिथले १ सय ३१ रनको शतकिय इनिङ्स खेले । रबिन्द्र जडेजाबाट बोल्ड हुनु अघि स्मिथले १६ चौकाको मदतले अष्ट्रेलियालाई बलियो अवस्थामा पुर्‍याएका थिए ।

    ओपनर विल पोकोवस्कीले ६२ रन बनाएको ईनिङ्समा मार्नस लेबुसचेनने शतक बनाउन ९ रनले चुके । उनलाई जडेजाले अज्निका रहानेको हातबाट क्याच आउट गराए । अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् ।

    भारतका जडेजाले ४ तथा जस्प्रित बुम्राहा र नाभदीप शैनीले २र२ विकेट लिए । मोहमद सिराजको नाममा एक विकेट रह्यो । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ खेलको सिरिज १(१ को बराबरीमा रहेको छ ।

    पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो । यस्तै दोस्रो टेस्ट भारतले ८ विकेटले नै आफ्नो बनाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij