Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

संसदीय दलको समितिको बैठक बस्दै

संसदीय दलको समितिको बैठक बस्दै

  • काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । उक्त बैठक देउवा निवासमा  ४ बजे बस्ने भएको छ ।

    images
    images
    images

    समितिका एक सदस्यले संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा बैठकमा छलफल हुने जानकारी दिए । कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।

    समितिको बैठकमा देउवाले उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै संसद चल्न दिएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij