
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने दिपक बानियाँको घरको छतमा जुवातास खेलिरहेको अवस्थामाउनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सोही महानगरपालिका-६ जोरपाटी बस्ने ५२ वर्षीय अरुण घिमिरे समेत ७ जना रहेका छन् । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ३२ हजार रूपैयाँ र ३ बुक ताससहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij