
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । हजारा एक्सप्रेस रेल दुर्घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भएको रेल मन्त्री साद रफिकले बताए ।
लाहोरमा भएको पत्रकार सम्मेनलमा उनले दिएको जानकारी अनुसार ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको रेलका ८ वटा डिब्बा लिगबाट बाहिर गएका छन् । रेलका डिब्बामा फसेका यात्रीलाई निकाल्ने क्रम अहिले पनि चलिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij