
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । एमालेले अवरुद्ध पार्दै आएको संसद बैठक खुलाउने र संवैधानिक परिषद्को बैठक बोलाउने लगायतका विषयमा प्रधानमन्त्री प्रचण्डले बोलाएपछि ओली बिहान बालुवाटार गएका हुन् ।
एमालेका प्रमुख सचेतक पदम गिरिका अनुसार संसद खुलाउने विषयमा कुरा भएपनि निष्कर्ष निस्किएको छैन । एमालेले उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij