
Apr 11 2025 | २०८१, चैत २९ गते
ललितपुर। गायक प्रमोद खरेल र बिन्ध्यवासिनी म्युजिक प्रालीबीचको विवादले यति बेला नेपाली सांगीतिक क्षेत्रको माहोल तातेको छ । गायक खरेर म्युजिक कम्पनीबीचको विवद बढ्दै जाँदा माहोल एकाएक तातिएको हो ।
सामाजिक सञ्जालमा पनि यतिबेला यसले तरङ्ग पैदा गरेको छ । यसैबीच म्युजिक कम्पनीविरुद्ध ५७ जना कलाकार सामूहिक हस्ताक्षरसहित एकजुट बन्दै प्रहरीसमक्ष उजुरी लिएर पुगेका छन् ।
लामो समयदेखि गीत संगीतमा सक्रिय म्युजिक कम्पनी बिन्ध्यवासिनीका सञ्चालकविरुद्ध उजुरी लिएर कारबाहीको माग गर्दै कलाकारहरु प्रहरी समक्ष पुगेका हुन् । उनीहरुले म्युजिक कम्पनीका मालिक सुवास रेग्मीले गाली–गलौज गरेको भन्दै उजुरी दर्ता गराएका हुन् ।
कलाकारले म्युजिक कम्पनीका सञ्चालक रेग्मीलाई कारबाहीको माग गरेका छन् ।
उजुरी पत्रमा आफ्नै लगानी रहेको ‘प्रणय’ एल्बम नियम अनुसार फिर्ता माग्दा कम्पनीका सञ्चालक रेग्मीले गायक खरेललाई निरन्तर रुपमा गालीगलौज, अपमानपूर्ण र अन्यायपूर्ण अभिव्यक्ति दिएको उजुरीमा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij