
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । चितवन भरतपुर महानगरपालिका-१४ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij