Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

मोटरसाइकल दुर्घटनामा प्रहरी निरीक्षकको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरी निरीक्षकको मृत्यु

  • काठमाडौँ । सर्लाही जिल्लाको बयलबासमा मोटरसाईकल दुर्घटना हुँदा प्रहरी निरीक्षक बसन्त साहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–६ घर भई हाल राष्ट्रिय अनुसन्धान विभाग मलंगवामा कार्यरत प्रहरी निरीक्षक वसन्त साह रहेका छन् । 

    images
    images
    images

    हिजो (मंगलबार) राति फ्रूलजोड–त्रिभुवननगर सडकखण्डअन्तर्गत खोरिया पुल नजिक साह सवार बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाईकल दुर्घटना भएको थियोे । मोटरसाईकल दुर्घटना भएको स्थान नजिकै आज बिहान स्थानीयले साहको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij