Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

मैले पुरस्कारको व्यवस्था गरेकै कारण १०० किलो सुन समातियो: अर्थमन्त्री महत

मैले पुरस्कारको व्यवस्था गरेकै कारण १०० किलो सुन समातियो: अर्थमन्त्री महत

  • काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन विमानस्थलमा  १०० किलो सुन समातिनुमा आफ्नो ठूलो भूमिका भएको दाबी गरेका छन् ।  प्रेस युनियन रुपन्देहीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । भन्सारमा हुने भ्रष्टाचार रोक्न यसअघि हटाइएको सुराकी पुरस्कार आफूले पुनः निरन्तरता दिँदा सुन समातिएको उनले पटक-पटक दोहोर्‍याए ।

    images
    images
    images

    सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण सुन समातिएको दाबी गर्दै उनले भने, ‘जुन सुन समातियो त्यसको मुख्य कारण सुराकीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका कारणले भएको हो । सूचना दिनेलाई पुस्कार दिने व्यवस्था गर्न मैले बजेटमा व्यवस्था गरेको थिएँ।

    images

    ’ उनले सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानलाई सघाउने बताउँदै सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने पनि उनले बताए ।
    अर्थमन्त्री महतले राजस्वको अनुसन्धानलाई सघाउन संलग्न कर्मचारीलाई निलम्बन गरिएको र भन्सार विभागले पनि छानबिन गरिरहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij