
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । बुटवल उपमहानगरपालिकाका पूर्व उप प्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ । नेपाली कांग्रेस बुटवलको लामो समयसम्म सभापति रहेका खनालको उपचारको क्रममा तिनाउ अस्पतालमा गए राती निधन भएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बताए ।
अस्वस्थ भएपछि अस्पताल भर्ना भएका खनालको असार १३ गते प्रोष्टेटको अपरेसन गरिएको थियो । लामो समयदेखि बुटवलको शिवनगरमा बसोबास गर्दै आएका खनाल २०४६ को जनआन्दोलन पछि भएको बुटवल उपमहानगरपालिकाको निर्वाचन २०४९ मा तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख निर्वाचित भएका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij