
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । जनता समायवादी पार्टी (जसपा) परित्याग गरेका युवा नेता अञ्जयकुमार साह जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमतका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले साहलाई काठमाडौंस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
अध्यक्ष डा. राउतले नेता साहलाई सदस्यतासमेत प्रदान गरेका छन् । जसपामा केन्द्रीय नेता राजकिशोर यादव निकट मानिने साह केही दिन अगाडि मात्रै केन्द्रीय नेताको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij