Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जाँदै

प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जाँदै

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणको लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    प्रधानमन्त्रीको इटाली भ्रमण टोलीमा उनको छोरी गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत छन् । त्यहाँ उनले ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रमलाई सोमबार सम्बोधन गर्नेछन् ।  

    images

    प्रधानमन्त्री प्रचण्ड साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij