
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । उनान्तीसऔँ विश्व आदिवासी दिवस यही साउन २४ गते मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले हरेक वर्ष अगस्ट ९ का दिन मनाउँदै आएको उक्त दिवस यस वर्ष पनि मनाउने निर्णय गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिए ।
महासंघको बैठकले उक्त दिवसका लागि केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा सचिवालयका पदाधिकारी सदस्य रहने गरी मूल समारोह समितिसमेत गठन गरेको छ । बैठकले उक्त दिवसका अवसरमा काठमाडौंमा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।
संयुक्त राष्ट्रसंघले अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष विश्वका आदिवासीले यो दिवस मनाउन थालेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij