
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने बहस अनाआवश्यक भएको दाबी गरेका छन् । बिहीबार राष्ट्रियसभाको विशेष समयमा धारणा राख्दै गौतमले गौरवपूर्ण इतिहास भएको सेनाको संख्या कटौती गर्न नहुने उल्लेख गरे ।
पछिल्ला दिनमा प्रशासनिक खर्च घटाउनका लागि सेनाको संख्या कम गर्नुपर्ने कुरा उठिरहेका बेला गौतमले त्यसप्रति फरक मत राखेका हुन् । उनले भने, ‘नेपाली सेनालाई अवहेलना गर्नु हुँदैन । सेनाको संख्या घटाउने कुरा गरे पाप लाग्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij