
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै पार्टीले मुख थुन्ने गरेको टिप्पणी गरेका छन् ।
पार्टीको जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै भ्रष्टाचार विरोधी साताव्यापी अभियान चलाउनुपर्ने बताए ।
उनले भने, ‘मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन । तर, कांग्रेस पार्टी भ्रष्टाचारको कुरा आउने बित्तिकै मुख र कान थुन्छ । आँखा बन्द गरिहाल्छ । एउटा व्यक्तिको बारेमा होइन । हाम्रा पार्टीको कोही नेताहरू होला वा नहोलान् । त्यो विषयमा होइन ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij