Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सप्तकोशी किनारमा कुटपिट घटनामा दुई जना युवती पक्राउ

सप्तकोशी किनारमा कुटपिट घटनामा दुई जना युवती पक्राउ

  • काठमाडौं । सुनसरीको सप्तकोशी किनारमा भएको कुटपिटको घटनामा थप दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले थप दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । 

    images
    images
    images

    कुटपिट गरेको आरोपमा बराहक्षेत्र नगरपालिका-८ की १८ वर्षीया दुर्गा राई र २२ वर्षीया बिनिता उराँउ पक्राउ परेका छन् । यसअघि सुनसरी बराहक्षेत्र नगरपालिका-१० की १९ वर्षीया प्रिति लिम्बु पक्राउ परिसकेकी थिइन् ।

    घटना गत असार २९ गते बराहक्षेत्र नगरपालिका चिहानडाँडामा भएको थियो । पाँच जना युवतीहरूको समूहले बराहक्षेत्र-९ की १९ वर्षीया मनिषा राईसहित तीन जनालाई बोलाएका थिए । अन्य दुई पीडित नाबालिग हुन् । उनीहरूलाई चिहानडाँडामा बोलाएर कुटपिट गरेका थिए ।

     त्यस्तै कुटपिट गरेपछि आफैले भिडिओ बनाएर सामाजिक सञ्जालमा समेत राखेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दुई जना फरार छन‍् । उनीहरूको खोजी भइरहेको कार्यालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij