Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

५ वर्षभित्र वाचाहरू पूरा गर्छौं : उपप्रधानमन्त्री खड्का

५ वर्षभित्र वाचाहरू पूरा गर्छौं : उपप्रधानमन्त्री खड्का

  • काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आगामी पाँच वर्षभित्रमा जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उनले देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बेलामा निर्वाचनमा आफूले जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए ।

    images
    images
    images

    गृहजिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले शनिबार सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरू अघि बढिरहेको बताए ।

    images

    जनताको अपेक्षा अनुसार वर्तमान सरकारले काम गरिरहेको भन्दै उनले देशको प्रतिकुल अवस्थामा पनि समग्र कर्णाली क्षेत्रमा महत्वपूर्ण विकास योजनाहरू अघि बढेको बताए ।

    उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना शहर निर्माण गरेर भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर निर्माणको काम अघि बढेको बताउँदै त्यो शहर नयाँ पुस्तालाई नासोका रूपमा हस्तान्तरण गरिनेसमेत बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij