Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

भ्रष्टाचार विरोधी फाइल तर्साउने भाँडो र सत्ता टिकाउने खेल मात्रै नबनोस् : रवि

भ्रष्टाचार विरोधी फाइल तर्साउने भाँडो र सत्ता टिकाउने खेल मात्रै नबनोस् : रवि

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भ्रष्टाचार विरोधी फाइल खोलेको भन्दै धन्यवाद दिएका छन् । शनिवार पार्टीको बूढानीलकण्ठ भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार विरोधी फाइल खोलेर मात्रै नहुने भन्दै यसले निरन्तरता पाउनुपर्ने बताए । 

    images
    images
    images

    भ्रष्टाचारमा संलग्न साना ठूला सबैलाई कारवाही हुनुपर्ने उनको भनाइ छ । फाइल खोल्नु र चलाउनु अलग कुरा हो, उनले भने, चलाएको मात्रै हो भने खबरदार, खोलेको हो भने स्वायाबास । एकएकलाई समाउनू, कसैलाई नछोड्नू ।

    सानातिनालाई समाएर तर्साउने काम नहोस् । भ्रष्टाचार विरोधी फाइल तर्साउने भाँडो नबनोस् । सत्ता टिकाउने खेल मात्र नबनोस्, उनले भने, साच्चै भ्रष्टाचारीलाई सक्ने हो भने हामी साथ दिन्छौँ । शक्तिका आडमा केही फस्ने र केही बच्ने काम नहोस् ।

    सरकारले पछिल्लो समय भ्रष्टाचार विरोधी फाइलहरू खोलिरहेको छ । ललिता निवास जग्गा हिनामिना प्रकरण त्यसको उदारहण हो । यसअघि नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान भएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij