Jun 04 2026 | २०८३, जेठ २१ गते
जिबी लामा
काठमाडौँ । गायिका समिक्षा अधिकारीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा समलिंगी अर्थात् लैंगिक हिसाबको आधारमा एउतै लैंगिक बीचको सम्बन्धलाई फिचर्ड गरिएको छ ।
नायिका दीपशिखा खड्का र म्युजिक भिडियोमा चर्चित मोडल सृष्टि खड्कासहित अर्जुन खनाललाई फिचर्ड गरिएको यस म्युजिक फिल्म साँच्चिकै समलिंगीको कथालाई निकै आकर्षण तरिकाले प्रस्तुत गरिएको छ।
शिरीषा पौडेलको शब्द रचना, भिम बिसीको संगीत, विशाल निरौलाको संगीत संयोजन रहेको यस गीतको म्युजिकल फिल्मलार्ई दिनेश पराजुलीले छायांकन गरेका छन् । मिलन लम्सालको भिडियो सम्पादन रहेको यस म्युजिक फिल्मलाई नायिका दीपशिखा खड्काले निर्देशन गरेका छन् । उनलाई चर्चित चलचित्र निर्देशक बसन्त सापकोटाले साथ दिएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij