
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । कैलालीको टीकापुर नजिकैको नाकाबाट भारतमा चोरी गरेर आइरहेका नेपालीहरु प्रहरीको फन्दामा परेका छन् । बिहीबार भारतबाट नगद रकम र ठूलो मात्रामा सुन चोरी गरेर नेपालतर्फ घर फर्किने बेलामा तीन जना नेपाली पक्राउ परेका हुन् ।
भारतीय प्रहरीले उनीहरुलाई ३ करोड भारतीय रुपैयाँ र १५ किलो जति सुनसहित नाकाबाटै समातेको हो । भारतीय प्रहरी स्रोतका अनुसार उनीहरुलाई तिकुनियाँबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा टीकापुर नगरपालिका-८ का शंकर साउँद, उनकी पत्नी र बर्दियाका एक अर्का युवक रहेको खुलेको छ । उनीहरु तीनैजना तिकुनियाँको बसपार्कबाट पक्राउ परेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij